- बुधबारको राति करिब १२ बजेको समयमा सुरुङ बनाइ घरमा प्रवेश गरेर चोरी गरेको स्थानीय राजकिशोर साहले बताए ।
रौतहट: चोरको समूहले सुरुङ बनाएर रौतहटको एक घरमा चोरी गरेका छन् । फतुवा विजयपुर नगरपालिका वडा नम्बर–६ पेटभर्वाका अच्छेलाल साहको घरमा चोरी भएको हो ।
बुधबारको राति करिब १२ बजेको समयमा सुरुङ बनाइ घरमा प्रवेश गरेर चोरी गरेको स्थानीय राजकिशोर साहले बताए । उनका अनुसार पाँचवटा मोबाइल गरगहना र नगद दुई लाख गरी करिब पाँच लाख बराबरको चोरी भएको छ ।
गाउँको युवाहरूले चोरी भएको मोबाइलको आधारमा खोजी गर्दै जाँदा फतुवा गाउँको मठको नजिक चारवटा चोर फेला परेको उनले जानकारी दिए ।
चोरी भएको मोबाइलहरू र गरगहना र रकम त्यहीबाट बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुर बुझाएका छन ।
केही दिन आघि पेटभर्वा गाउँकै चारवटा घरमा चोरी भएको थियो । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेकाको बारेमा अनुसन्धान भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’